धनगढी, १२ असाेज । धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना मल्लका लागि न्यायको माग गर्दै प्रर्दशन गरिएको छ।
सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि आज प्रर्दशन गरेका हुन्। उनीहरुले नवजिवन अस्पताल तथा डाक्टरहरुको लापरबाहीले मल्लको ज्यान गएको उनीहरुको भनाई छ।
‘कल्पनालाई न्याय दे’, ‘अस्पताल प्रशासन मुर्दाबाद’, ‘मेडिकल माफीया मुर्दाबाद’ जस्ता नारासहित उनीहरुले केहीबेर सडक जामसमेत गरेका थिए। मृतकलाई न्याय नदिए अस्पतालमा तालाबन्दी गर्ने समेत विद्यार्थीहरुले चेतावनी दिएका हुन्।