कर्मचारीमा कोरोना संक्रमण, मालपोत कार्यालय दुई साताका लागि बन्द


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
कर्मचारीमा कोरोना संक्रमण, मालपोत कार्यालय दुई साताका लागि बन्द

२ भदौ, कर्णाली । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय सुर्खेत दुई साताका लागि बन्द भएको छ । सात कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवाहरु आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए । यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ । ‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो सङ्ख्यामा कर्मचारीहरुमा सङ्क्रमण देखियो,’ उनले भने, ‘सङ्क्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो सङ्ख्या बढ्न सक्छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap