कर्मचारीको अभावमा अस्पताल बन्द हुँदा उपकरणहरु कवाडीमा परिणत


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
कर्मचारीको अभावमा अस्पताल बन्द हुँदा उपकरणहरु कवाडीमा परिणत

बझाङ्ग, भदौ ३० । बझाङ्गको छविसपाथिभेरा गाँउपालिकास्थित अस्पतालको संरचना तथा उपकरणहरु यतिबेला कवाडीमा परिणत भएका छन् ।

विदेशी दाताको सहयोगमा स्थापना भएको अस्पताल कर्मचारी अभावमा बन्द भएपछि स्थानीयलाई उपचारमा समस्या भएको छ भने लाखौ मुल्यको संरचना तथा र उपकरणहरु कवाडीमा परिणत भएका हुन् ।

२०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार तत्कालिन ब्याँसी गाँउ विकास समितिको ७० हजार र मटेला गाँउ विकास समितिको ३ लाख र स्थानियको ५० लाख भन्दा बढी जन श्रमदान बाट निर्माण भएको जिवली स्थित डोब्रा सामुदायिक अस्पतालमा गएको ५ वर्ष देखी बन्द भएको हो ।

अस्पतालमा काम गर्नका लागी कर्मचारी एक जना पनि नभएपछि अस्पताल बन्द भएको हो । अस्पताल बन्द भए पछि छविस पाथिभेरा गाँउपालिकाका तत्कालिन ८ गाविसका बासिन्दालाइ सामान्य स्वास्थ्य उपचारको लागी पनि हजारौ खर्च गरेर सदरमुकाम धाउनु पर्ने बाध्यता आइलागेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap