कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागे,


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०७९ मा प्रकाशित     
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागे,

१७ चैत,   कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । प्रदेश सभाको ९ नवौं बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत मागेका हुन् ।

विश्वासको मत माग्दै मुख्यमन्त्री शर्माले कर्णालीको सामाजिक, आर्थिक सुचकाङ्कहरुको सुधार ल्याउनदेखि ‘समृद्धि कर्णाली’ बनाउनका लागि साझा पहल आवाश्यक रहेको बताए । शर्माले स्पष्टता र इमानदारीको राजनीति होस् भनेर पनि आफुले पुनः विश्वासको मत मागेको बताए ।सुशासन र पारदर्शिताका सवालमा कुनै पनि सम्झौता नगर्ने बताउँदै मुख्यमन्त्री शर्माले प्रदेशमा भ्रष्ट्राचार न्यूनीकरण र सुशासनका सन्दर्भमा सरकार कटिबद्ध रहेको बताए । उनले प्रदेशको विकास र स्थर सरकारका लागि पनि आफूलाई विश्वासको मत दिनुपर्ने बताए ।

‘कर्णाली सम्भावनाले भरिएको छ, तरपनि हरेक दृष्टिकोणले पछि परेको छ । यो प्रदेशको विकास र परिवर्तनमा हामी सबै अग्रसर हुनुपर्छ’, उनले भने, ‘स्थिर सरकारका लागि पनि मलाई विश्वासको मत दिन आवश्यक छ ।’

मुख्यमन्त्री शर्माले रोजगार र पूर्वाधारका क्षेत्रमा सरकार अग्रसर भइरहेको बताए ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap