कर्णालीका चार नेतालाई माधव नेपालको वचन : उपचुनाव भए जिताउने जिम्मा मेरो


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
कर्णालीका चार नेतालाई माधव नेपालको वचन : उपचुनाव भए जिताउने जिम्मा मेरो

२६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् ।

महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन् । उनीहरुमध्ये एक अम्बरबहादुर थापा उपस्थित कार्यक्रममा नेता नेपालले चार सांसद गलत कुराविरुद्ध उभिएको बताए ।

यसले प्रदेशसभा सदस्य पद धरापमा परेको भन्दै उनले भने, मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’

पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने बताए । नेता नेपालले भने, ‘अँध्यारो सुरुङमा जाने बेला छैनौं । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई माथ गरेर नै अगाडि बढ्नेछौं ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap