करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ


लेखक : सुन्दराञ्चल      साउन २८, २०७८ मा प्रकाशित     
करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ

एकातिर नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा छन् । अर्कोतिर, शिल्पामाथि करोडौं ठगीको मुद्दा पनि लागेको छ । लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको छ । मिडियामा सार्वजनिक तस्वीरमा शिल्पाको घर बाहिर केही प्रहरी उभिएका छन् भने प्रहरीको हातमा नोटिस समेत छ ।

लखनउको विभूतिखन्ड पुलिस स्टेशनमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले शिल्पा र उनकी आमा सुनन्दा सेट्टीमाथि ठगीको आरोपमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीले एक महिना अगाडि नै शिल्पालाई नोटिस पठाएको थियो ।

आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै शिल्पा र उनकी आमा सुनन्दाको कम्पनीका मानिसहरुले करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । पैसा लिएर पनि शिल्पा र सुनन्दाले वाचा पुरा नगरेको आरोप छ । ज्योत्सनाको साथमा संझौता गर्ने समयमा शिल्पा आयोसिस कम्पनीको प्रमुख र उनकी आमा निर्देशक रहेको बताइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap