कनरी सडकको निर्माण अधुरै


लेखक : सुन्दराञ्चल      पुस २२, २०७८ मा प्रकाशित     
कनरी सडकको निर्माण अधुरै

पुष २२ धनगढीः  कैलालीको चौमलाबाट बेहडाबाबा हुदै कनरी पुग्ने सडकले उत्तरमा पूर्वपश्चिम र दक्षिणमा हुलाकी राजमार्गलाई जोड्छ। गौरीगंगा नगरपालिकाको झिल क्षेत्र र धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा सडक कालोपत्रे छ।

तर धनगढी उपमाहानगरपालिका वडा नम्बर १६ र गौरीगंगा नगरपालिका वडा नम्बर १ को क्षेत्रमा कालोपत्रे भएको छैन। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय कैलालीले चौमाला पुरानो बजारदेखि सढे चार किलोमिटर कालोपत्रेका लागि ठेक्का गरेको थियो।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap