कतारका राजाको भ्रमण : भोलि सार्वजनिक विदा


लेखक : सुन्दराञ्चल      बैशाख १०, २०८१ मा प्रकाशित     
कतारका राजाको भ्रमण : भोलि सार्वजनिक विदा

बैशाख १०, कतारका राजा नेपालमा भ्रमणमा आउँदा सरकारले सार्वजनिक विदा दिने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार कतारका राजाको भ्रमणको दिन पारेर मंगलबार सार्वजनिक विदाको निर्णय गरिएको हो।

कतारी राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार राजकीय भ्रमणका क्रममा काठमाडौं आउनलागेका हुन्। खानेपानी मन्त्री राजेन्द्र कुमार राईले आज बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए।

‘कतारका राजा नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ’, उनले भने, ‘पहिलो पटक हुनलागेको भ्रमणलाई भव्य बनाउन विदा दिने निर्णय भएको हो।’ राजा शेख २ दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap