कञ्चनपुर भन्सार कार्यालयमा लक्ष्य भन्दा बढी राजश्व संकलन


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
कञ्चनपुर भन्सार कार्यालयमा लक्ष्य भन्दा बढी राजश्व संकलन

कञ्चनपुर ३ भाद्र । भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यभन्दा एक करोड ७१ लाख ३५ हजार बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले ३७ करोड ३९ लाख २३ हजार राजस्व सङ्कलन गरेको छ। यो लक्ष्यको तुलनामा ४ दशमलव ८० प्रतिशत बढी हो ।

भन्सार अधिकृत प्रमानन्द जोशीका अनुसार सङ्कलित राजस्वमध्ये भन्सारतर्फ १७ करोड ४६ लाख ९९ हजार, मूल्य अभिवृद्धिकरतर्फ १५ करोड ३२ लाख ६७ हजार, अन्तःशुल्कतर्फ ८५ लाख ८६ हजार, निर्याततर्फ एक लाख ८२ हजार, कृषि शुल्कतर्फ दुई करोड ४४ लाख ६५ हजार र अन्य शीर्षकमा एक करोड २७ लाख २४ हजार रहेका छन् ।

आर्थिक वर्ष २०७६÷७७ मा सो कार्यालयले लक्ष्यको तुलनामा ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको थियो। सो अवधिमा ४८ करोड ६८ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा २६ करोड २८ लाख ९३ हजार मात्र सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

उनका अनुसार चालु आवमा कार्यालयले ४२ करोड ७७ लाख ३० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि भन्सार कार्यालय हाता भित्रै बैंकको शाखा स्थापना गरिएको छ। भन्सार तिर्ने सामानको कर्मचारीले लाग्ने राजस्व निर्धारण गरेपछि सेवाग्राहीले बैंकमा गएर राजस्वबापतको रकम बुझाउने गरेका छन्।

कोरोना सङ्क्रमणको डर र थोरै जनशक्ति भएकाले राजस्व सङ्कलनमा समस्या भइरहेको उनको भनाइ छ। भारततर्फ थोरै मात्र सामान निर्यात हुने गरेको छ।

निर्यातको तुलनामा आयात हुने सामान अधिक रहने गरेको छ। भारतमा हस्तकलाका सामान, जडीबुटी, पिना, रिठोलगायत निर्यात हुने गरेको छ । आयात हुने सामानमा गुँद, चिनी, हार्डवेयर, विद्युत्, इलेक्ट्रोनिक, कपडा र खुद्रा सामानलगायत रहेका छन् ।

महाकाली नदीमाथिको पुलमा ठूलो गाडी सञ्चालन गर्न नदिइने गरेका कारण भारतबाट साइकल र मिनी ट्रकमा सामान ल्याउने र लैजाने कार्य हुँदै आएको छ ।

सुरक्षा निकायको सक्रियताका कारण सीमा क्षेत्रमा हुने तस्करीको कार्यमा भने निकै कमी आएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap