कञ्चनपुर भन्सारले २ वर्षपछि लक्ष्यअनुरुप राजस्व संकलन गर्‍यो


लेखक : सुन्दराञ्चल      साउन १७, २०७८ मा प्रकाशित     
कञ्चनपुर भन्सारले २ वर्षपछि लक्ष्यअनुरुप राजस्व संकलन गर्‍यो

कञ्चनपुर,१७ साउन । लगातार दुई वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कञ्चनपुर भन्सार कार्यालयले तेस्रो वर्ष लक्ष्य पूरा गरेको छ । विगतका वर्षभन्दा कम लक्ष्य तोकिएपछि पूरा गर्न सकिएको हो ।गत आर्थिक वर्ष २०७७र७८ मा ३५ करोड ६७ लाख लक्ष्य पाएको कञ्चनपुर भन्सार कार्यालयले ३७ करोड ३९ लाख संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यअनुसार राजस्व संकलन गरेको भन्सार कार्यालयले २ वर्षपछि गत आर्थिक वर्षमा लक्ष्य पूरा गरेको हो । २०७४-७५ मा लक्ष्यको शतप्रतिशत ३२ करोड ५३ लाख राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको असोजमा सबैभन्दा बढी ४ करोड राजस्व संकलन भएको छ भने सबैभन्दा कम जेठमा १ करोड ५० लाख मात्रै राजस्व संकलन भएको छ ।

वैशाख र जेठमा निषेधाज्ञाका कारण भारतबाट हुने आयात लगभग ठप्प नै रहेको कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले बतए । तरकारी र फलफूल मात्र आयात भएकोले पनि राजस्व पनि कम संकलन भएको बताए ।

विगतका वर्षमा लक्ष्य नै बढी तोकिएका कारण त्यसअनुसार संकलन हुन नसकेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ४८ करोड ६८ लाखको लक्ष्य पाएको भन्सार कार्यालयले ५४ प्रतिशत ९२६ करोड २८ लाख० मात्रै संकलन गर्न सकेको थियो । आर्थिक वर्ष २०७५/७६ मा पनि ४० करोड १२ लाख लक्ष्य पाएकोमा ३६ करोड ६७ लाख मात्रै संकलन भएको थियो । निश्चित समयका लागि मात्रै खुल्ने सीमा क्षेत्रको शारदा ब्यारेजको बनबासा पुलका कारण यो नाकाबाट ठूला किसिमका मालवाहक साधनहरू ल्याउन नसकिएको जनाएको छ ।

साइकल र मोटरसाइकलमा तथा साना किसिमका ढुवानीका साधनबाट मात्रै मालसामान आयात हुने गरेको छ । कोरोना संक्रमणका कारण गत वर्षदेखि नाकामा आवागमन सहज हुन सकेको छैन । साइकल र मोटरसाइकल लगायतका साधनहरू आउजाउ गर्न दिइएको छैन । यस कारण पनि राजस्व संकलन कम भएको हो । चालु आर्थिक वर्षमा ४२ करोड ६७ लाख लक्ष्य तोकिएको भन्सार अधिकृत जोशीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap