कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, १२ घाइते


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, १२ घाइते

कञ्चनपुर । लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ ।

नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गरेको थियो ।

सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको अरोप लगाउनुभयो । उहाँले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताउनुभयो ।

घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सङ्घले जनाएको छ । सङ्घका सचिव धामीले नगरपालिकाको शिक्षा शाखामा गत साउन ३ गतेदेखि तालाबन्दी रहेको बताउनुभयो ।

यसअघि पनि नगरपालिकामा रहेका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षकको माग पूरा नगरेको जनाउँदै कार्यपालिका बैठकसमेत बहिष्कार गरेको थियो ।

आज आन्दोलनमा पार्टीका भ्रातृ सङ्गठनले आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका बेला प्रहरी र नगरप्रहरीले लाठी चार्ज गरेको शिक्षकको आरोप छ ।

आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ढुङ्गामुढासमेत भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap