कञ्चनपुरमा लागु औषधसहित दुईजना पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा लागु औषधसहित दुईजना पक्राउ

१० भदौ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका-६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए ।

उनीहरुको साथबाट ५.०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ भने दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap