कञ्चनपुरमा लागु औषधसहित दुईजना पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा लागु औषधसहित दुईजना पक्राउ

१० भदौ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका-६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए ।

उनीहरुको साथबाट ५.०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ भने दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap