कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

कञ्चनपुर१६ भाद्र । जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिकामा से ३ प ५४१६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

का प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का गोपी चौधरी र मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका तिर्थबहादुर साउँद घाइते भएका हुन्। उनिहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको बोहराले बताए।