कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर पुरुषको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर पुरुषको मृत्यु

कञ्चनपुर ६ असाेज । कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको  पुनर्बास नगरपालिका–११ बस्ने ४० वर्षीय माने खत्रीको डुबेर मंगलबार साँझ मृत्यु भएको हो।

सोही ठाउँको अमरबस्तीस्थित पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap