कञ्चनपुरमा निषेधाज्ञा १० दिन थप


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा निषेधाज्ञा १० दिन थप

कञ्चनपुर ११ भाद्र । जिल्ला कोभिड व्यवस्थापन समितिले आज (बिहीबार) राति १२ बजेदेखि भदौ २० गते मध्यरातसम्म निषेधाज्ञा थप गरेको छ। समितिको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ को अधिकार प्रयोग गरी कोरोना संक्रमण रोकथाम, नियन्त्रण निदान र उपचार प्रभावकारी बनाउन निषेधाज्ञा थप गरिएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेका अनुसार जारी निषेधाज्ञामा सभा सम्मेलन, संग्रहालय, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, व्युटी पार्लर, दोहरी रेस्टुरेन्ट, जिमखाना, दर्शक सहितको खेलकुदलगायत गतिविधि गर्न रोक लगाइएको छ।

खुला स्थानमा भेला, समारोह, जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव र भोजभतेर गर्न, शैक्षिक संस्था, ट्युसन सेन्टरले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने र विवाह, ब्रतबन्ध, समूहमा गरिने धार्मिक, सांस्कृतिक कार्यक्रममा बढीमा १० जनासम्म सहभागी हुन पाउने तर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर गर्ने सकिने छ। होटल र पार्टी प्यालेस प्रयोग गर्न पाइने छैन।

स्वास्थ्य सेवा, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक पसल व्यवसाय निर्वाध सञ्चालन हुन पाउने छन्। यसबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ।

सर्वसाधारणले घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने छ। ​गोष्ठी, तालिम, बैठक, समीक्षा, प्रशिक्षण भर्चुअल माध्यमबाट मात्रै गर्न पाइने छ। भौतिक रूपमा गर्नु पर्ने भए २५ जना मात्र सहभागी हुन पाइने छ।

मध्यम तथा लामो दूरीका सवारीसाधन स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर कुल सिट क्षमताभन्दा बढी यात्रु नराखी सञ्चालन गर्न पाइने छ। यात्रुले मास्क प्रयोग गर्नु पर्ने छ। चालक र सहचालकले मास्क, भाइजर र ग्लोभ्स अनिवार्य लगाउनु पर्ने छ।

नेपाल प्रवेश गर्न चाहनेहरू गड्डाचौकी र गौरीफन्टा नाकाबाट मापदण्ड पूरा गरेर मात्र आउन पाउने छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap