कञ्चनपुरमा कल्भर्ट निर्माण गर्न भारतीय सुरक्षाकर्मीको अवरोध


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा कल्भर्ट निर्माण गर्न भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर – भीमदत्त नगरपालिका­-९ ब्रह्मदेवमा कल्भर्ट निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको छ।

ब्रह्मदेव बजारको पश्चिमतर्फको नेपाली भूमिमा रहेको नाला दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो। निर्माण रोक्न दुईजना एसएसबीका जवानलाई खटाइने गरिएको छ।

ब्रह्मदेवको सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजारसम्म बनाउन लागिएको सडक कालोपत्रेअन्तर्गत नालामा कल्भर्ट बनाउन लागिएको छ। तर एसएसबीले अवरोध गरेपछि सात महिनादेखि कल्भर्ट निर्माण अवरुद्ध छ। भीमदत्त नगरपालिकाले बाह्य चक्रपथअन्तर्गत सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजार पश्चिम कुनासम्म नालीसहितको ६७० मिटर सडक निर्माण भैरहेको छ।

‘सडकअन्तर्गत नालामा कल्भर्ट बनाउन सुरु गर्दा एसएसबी आएर दशगजामा पर्‍यो भनेर काम अघि बढाउन दिएको छैन‚’ सडक निर्माण कम्पनी कैलाश राखी जेभीका सञ्चालक चन्द्र सिह कार्कीले भने, ‘कल्भर्ट निर्माण गर्न दिइएको छैन। त्योबाहेकको कार्य अगाडि बढेको छ।’

कार्कीले सडक निर्माणका लागि एक करोड ९५ लाख रुपैयाँमा ठेक्का लिएको छ। गत वर्षदेखि निर्माण सुरु गरिएको ठेक्का सम्झौता असोजमा सकिन लागेको छ।

यसअघि भारतीय एसएसबीले ब्रह्मदेव बजारदेखि भारतीय भूमिसम्म निर्माण हुने सडक निर्माण पनि रोकेको थियो। एसएसबीले सीमा विवादको कारण देखाउँदै सडक निर्माण रोकेको थियो। टकनपुर बाँध नजिकको नेपाली भूमिमा सडक निर्माण रोकिए पनि आफ्नो क्षेत्रमा भने भारतले पक्की सडक बनाएको छ। भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथले एसएसबीले अनावश्यक रुपमा कल्भर्ट निर्माण कार्यमा अवरोध गरेको बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap