कञ्चनपुरमा एक घरमा आगलागी , ८ लाख बराबरको क्षति


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा एक घरमा आगलागी , ८ लाख बराबरको क्षति

कञ्चनपुर १६ भाद्र । कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका रामप्रसाद रानाको घरमा आगलागी भएको हो ।

मंगलबार राति भएको आगलागीमा करिब आठ लाख रूपैयाँ क्षति भएको छ । टुकीबाट आगो सल्किएर आगलागी भएको हो ।

आगलागीबाट घरको काठसहित अन्न, फर्निचर, लुगाकपडा‚ महत्वपूर्ण कागजपत्र, गहना सबै जलेर नष्ट भएको वडा अध्यक्ष बाले रानाले बताए । पीडित परिवार अहिले आफन्तको शरणमा बसेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap