कञ्चनपुरमा एक घरमा आगलागी , ८ लाख बराबरको क्षति


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा एक घरमा आगलागी , ८ लाख बराबरको क्षति

कञ्चनपुर १६ भाद्र । कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका रामप्रसाद रानाको घरमा आगलागी भएको हो ।

मंगलबार राति भएको आगलागीमा करिब आठ लाख रूपैयाँ क्षति भएको छ । टुकीबाट आगो सल्किएर आगलागी भएको हो ।

आगलागीबाट घरको काठसहित अन्न, फर्निचर, लुगाकपडा‚ महत्वपूर्ण कागजपत्र, गहना सबै जलेर नष्ट भएको वडा अध्यक्ष बाले रानाले बताए । पीडित परिवार अहिले आफन्तको शरणमा बसेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap