कञ्चनपुर – पछिल्लो समय निकै चर्चामा आएको कञ्चनपुरको भाइरल रोड नजिकै महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी सोमबार बेपत्ता भएका हुन् ।
सोमबार दिउँसो महाकाली नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले बताए । निरन्तर खोजी कार्य गरिएपनि फेला पार्न नसेको उनले बताए ।
दोधाराको एक निजी बोडिङ्गमा कार्यरत शिक्षकले महाकाली नदीमा हामफालेसंगै घरपरिवार, आफन्त एव गाँउले चिन्तामा छन ।
पछिल्लो समय महाकाली नदीमा निर्माण भईरहेको चार लेन सडकमा टिकटक, भिडियो र फोटो खिच्न आउनेको भीड लाग्ने गरेको छ।