कञ्चनपुरको बेलौरी नगरपालीकामा १९ बर्ष मुनीको खुल्ला क्रिकेट प्रतियोगीता हुने


लेखक : सुन्दराञ्चल      जेष्ठ २४, २०८१ मा प्रकाशित     
कञ्चनपुरको बेलौरी नगरपालीकामा १९ बर्ष मुनीको खुल्ला क्रिकेट प्रतियोगीता हुने

महादेव गिरी

धनगढी जेठ २५, कञ्चनपुरको बेलौरी नगरपालीकामा १९ बर्ष मुनीको खुल्ला क्रिकेट प्रतियोगीता हुने भएको छ । राइजिङ्ग च्याम्पियन बेलौरी नगरपालीका वडा नम्बर ३ को आयोजनामा यहि जेठ २५ गते देखी २८ गते सम्म अण्डर १९ खुल्ला क्रिकेट प्रतियोगीता हुन लागेको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद नाराका साथ बेलौरी वडा नम्बर २ को गोकुलपुर खेल मैदानमा उक्त खुल्ला क्रिकेट प्रतियोगीता हुन लागेको आयोजकले जनाएको छ ।

खुल्ला क्रिकेट प्रतियोगीता दुई चरणमा खेलाईनेछ । जेठ २५ गते हुने पहिलो गेम बिहान ६ बजे देखी ९ बजेसम्म विडसम एकेडेडमी भर्सेस भिभिएन बिच र दिउँसो साढे ३ देखी साँझ साढे ६ बजेसम्म राइजिङ सअउल र योङ्ग गन्सबिच हुनेछ । चार दिनसम्म सञ्चालन हुने खुल्ला क्रिकेट प्रतियोगीतामा प्रथम हुनेलाई १५ हजार नगद र द्धितीयलाई ट्रफि मेडल, प्रमाण पत्र तथा बेष्ट बलर तथा ब्याट्स म्यानलाई मेडल, प्रमाण पत्र बितरण गरिने छ ।

अन्डर १९ को खुल्ला क्रिकेट प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा सफ्टवेव नेपाल प्राली धनगढी कैलाली रहेको बताइएको छ । सहयोगी संस्थाको रुपमा बेलौरी नगरपालीका वडा नम्बर २ र ३ को कार्यालय रहेको जनाइएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap