कञ्चनपुर, ३१ भाद्र । जिल्लामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर एक सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ ।
बुधबार दिउँसो साथीहरुसंगै बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा पौडी खेल्ने गएका बेलौरी नगरपालिका–३, खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरीको डुबेर मृत्यु भएको हो ।
उनी तालमा पौडिने क्रममा वेपत्ता भएका थिए । पछि बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोली र टेडुवा प्रहरी पोष्टका असईको कमाण्डमा खटिएको चार जना प्रहरी टोलीले करिब दुई घण्टा पछि शव फेला पारेको हो ।
४ वर्ष अघि सशस्त्र प्रहरीको जवान पदमा कार्यरत चौधरी हाल कंचनपुरको झलारी स्थित ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए ।