कञ्चनपुरको बन्धातालमा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०७८ मा प्रकाशित     
कञ्चनपुरको बन्धातालमा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु

कञ्चनपुर, ३१ भाद्र । जिल्लामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर एक सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ ।

बुधबार दिउँसो साथीहरुसंगै बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा पौडी खेल्ने गएका बेलौरी नगरपालिका–३, खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरीको डुबेर मृत्यु भएको हो ।

उनी तालमा पौडिने क्रममा वेपत्ता भएका थिए । पछि बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोली र टेडुवा प्रहरी पोष्टका असईको कमाण्डमा खटिएको चार जना प्रहरी टोलीले करिब दुई घण्टा पछि शव फेला पारेको हो ।

४ वर्ष अघि सशस्त्र प्रहरीको जवान पदमा कार्यरत चौधरी हाल कंचनपुरको झलारी स्थित ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap