कञ्चनपुरको दोदानदीमा ६ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण अलपत्र


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
कञ्चनपुरको दोदानदीमा ६ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण अलपत्र

कञ्चनपुर २८ भाद्र । कञ्चनपुरको दोदानदीमा ६ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण अलपत्र परेको छ । २०७२ पुसमा २४ करोड ५३ लाखको लागत सम्झौता भएको सो पुल निर्माणका क्रममा समस्या देखिएपछि अलपत्र परेको हो ।

जिल्लाको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्ड अन्तर्गत दोदानदीमा पक्की पुल लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले निर्माणको जिम्मा पाए पनि पुल भने राजेन्द्र निर्माण सेवाले बनाइरहेको थियो ।

‘पुलको फाउण्डेशनमै प्राविधिक समस्या देखिएपछि पुलको डिजाइन पुनः बनाएर सडक विभागमा पठाइएको छ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले भने, ‘दशैंलगत्तै निर्माण कम्पनीले आफ्नै लगानीमा पुल बनाउनेछ ।’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap