कञ्चनपुरको गड्डाचौकी नाका भएर भारत जाने महिलामाथि कडाइ


लेखक : सुन्दराञ्चल      साउन १९, २०७८ मा प्रकाशित     
कञ्चनपुरको गड्डाचौकी नाका भएर भारत जाने महिलामाथि कडाइ

कञ्चनपुर,१९ साउन । कञ्चनपुरको गड्डाचौकी नाका भएर भारततर्फ जाने महिलाहरुमाथि निगरानी राख्न थालिएको छ। बेचविखनमा पर्न सक्ने आशंकामा महिलाहरुलाई सोधपुछ पछि मात्रै भारततर्फ जान दिने गरिएको छ।

मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि सीमा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले महिलाहरु भारतमा बेचबिखनमा पर्न सक्ने आशंकामा प्रहरीको सहयोगमा सोधपुछ गरेपछि मात्रै भारत जान दिने गरिएको छ।

कोरोना महामारी संक्रमणका बेला महिलालाई ललाईफकाई भारतमा बेच्न लैजान सक्ने भएकाले सीमा नाकामा प्रहरी र गैरसरकारी संस्थाहरुले उच्च सतर्कता बढाएका हुन्। भारत जाने महिलाका घर परिवारबाट यकिन जानकारी आएपछि मात्रै उनीहरुलाई जान दिने गरिएको थ्री एन्जल्स नेपालका संयोजक बेलुदेबी नेपालीले बताइन्।

उनका अनुसार कोरोना महामारी संक्रमणमा पनि दैनिक रुपमा ५० जनाभन्दा बढी महिला दैनिक भारत जाने गरेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीसँगको सहकार्यमा महिलालाई सोधपुछ गरी परामर्श दिने गरिएको नेपालीले बताइन्।

मानव बेचबिखनमा संलग्न गिरोहले महिलाहरुलाई विवाह, जागिर, घुमघामको प्रलोभनमा भारत लगेर बेच्ने गरेका छन्। सीमा नाकामा कडाइ भएपछि उनीहरुले अवैध बाटो भएर महिलाहरुलाई भारत पुर्‍याउने गरेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन गुरुङले सीमा अपराध नियन्त्रणमा स्थानीय प्रशासन, जनप्रतिनिधि, गैरसरकारी संस्था सबैसित सहकार्य गरी अघि बढेको बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap