कन्चनपुर, २३ भाद्र । कञ्चनपुरमा नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका ३ जना जनप्रतिनिधि एमालेमै फर्र्किएका छन्। बुधबार जिल्ला समन्वय समिति सदस्य डिट्ठा राना, लालझाडी गाउँपालिका–३ का वडा सदस्य भगत राम चौधरी र शान्ती कामी नेकपा एमालेमै फर्किएका हुन्।
उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै एमालेमै रहने जनाएका छन्। ‘जीवनभर आस्था र विश्वास मानेर आएको नेकपा एमाले र सुर्य चिन्ह छाडेर अर्कै पार्टीमा गएको कुराले मन खिन्न भई कमजोरी भएको महसुस गर्दै उक्त निर्णय(नेकपा एसमा जाने) पुनःविचार गर्ने र पद रहेपनि नरहेपनि नेपाली जनताको प्यारो पार्टी एमालेमै रहने निर्णय गरेका छौ’ उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।