कञ्चनपुरका नौ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
कञ्चनपुरका नौ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

१० असोज, कञ्चनपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । अन्य सात स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ ।

शुक्लाफाँटा नगरसमितिको सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका आधारमा चयन भएका छन् । नगर उपसभापतिमा देवराज जोशी र हरिसिंह कुँवर चयन भएका छन् । नगर सचिवमा हिमालय चन्द र हरेन्द्रकुमार भण्डारी चयन भएका छन् ।

भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित भएका छन् । कलौनीले २५० र उनका निकटतम प्रतिद्वन्द्वी आशिष खत्रीले १२६ मत ल्याए । उपसभापतिमा क्रमशः दिपेन्द्रसिंह विष्ट २३२, सुशील भट्ट २५५ र सचिवमा क्रमश, नितु भट्ट (भण्डारी) २२६, शाहिल भट्ट २०१ चयन भए ।

बेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साहु निर्वाचित भए । शाहुले ७८ र पुष्पराज भट्टले ७१ मत ल्याए ।

कृष्णपुर नगरसमितिको सभापतिमा विष्णु खड्का निर्विरोध चयन भए । नगर उपसभापतिमा प्रकाश खड्का र गजेन्द्रसिंह धामी र सचिवमा राजबहादुर रोकाया र सुरत महता चयन भएका छन् । रोकायाले कूल १२४ मत र महताले ९८ मत पाएर निर्वाचित भएका हुन् ।

लालझाडीको गाउँसमितिको सभापतिमा श्रीकृष्ण राना निर्वाचित भएका छन् । रानाले ६३ र उनका प्रतिद्वन्द्वी राजेश रानाले २७ मत ल्याए । गाउँसमितिको उपसभापतिमा वीरबहादुर विष्ट, लक्ष्मण राना, सचिवमा रमेश विष्ट र मेघ राना निर्वाचित भए ।

बेलडाँडी गाउँसमितिको सभापतिमा गजबहादुर विष्ट निर्वाचित भएका छन् । ८५ मतमध्ये गजबहादुर ४५ मत पाएर निर्वाचित भएका हुन् । उपसभापतिमा टीकासिंह खड्का ४३ र ठगना राना ४० मतका साथ निर्वाचित भए । सचिवमा विजयी धनबहादुर रोकाया र कुलैराज उपाध्याय विजयी भए ।

बेलौरी नगर सभापतिमा पेपुराम चौधरी निर्वाचित भएका छन् । चौधरीले ९० र उनका प्रतिद्वन्द्वी विक्रम चन्दले ८० मत पाए । उपसभापतिमा दीपकसिंह विष्ट ९६ र योगबहादुर चन्द ८६ मतसहित निर्वाचित भए । सचिवमा कन्हैया राना ८५ र भूपेन्द्रबहादुर शाही ८९ मतसहित निर्वाचित भए ।

पुनर्वास नगर कार्यसमितिको सभापतिमा शुकबहादुर तामाङ विजयी भएका छन् । तामाङले निकटम प्रतिद्वन्दी दिलबहादुर बोहरालाई १० मतले पराजित गरेका हुन् । उपसभापतिका उम्मेदवार खगेन्द्र ओझा ८९ र नगेन्द्र श्रेष्ठ ७९ मत ल्याएर विजयी भए ।

दोधारा चाँदनी नगरसभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रुपमा चयन भएका छन् । मल्लको नेतृत्वमा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन अधिकृत धर्मराज पण्डितका अनुसार उपसभापतिमा रामकृष्ण जोशी, कर्णबहादुर सिंह सचिवमा महेन्द्र विष्ट, दिलबहादुर सिजाली तथा सहसचिवमा रमेश भण्डारी र कुशालसिंह साउद निर्विरोध चयन भएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap