कक्षा १२ को परीक्षाफल तिहारपछि मात्र प्रकाशित हुने


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
कक्षा १२ को परीक्षाफल तिहारपछि मात्र प्रकाशित हुने

काठमाडौं १० असाेज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र  प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए।

कोभिड-१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो। ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘तिहार पछाडि नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ।’

‘सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा प्रकाशित गरिनेछ’,उनले भने । परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी भएका थिए  भने  बोर्डले परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गरेको थियो।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap