ओलीसित सम्बन्ध सुधार्न ‘दूत’ खटाए देउवाले


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
ओलीसित सम्बन्ध सुधार्न ‘दूत’ खटाए देउवाले

काठमाण्डाै १६ भाद्र । धानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको प्रयास थालेका छन्। ओलीसँग सम्बन्ध सुमधुर बनाउनका लागि देउवाले आफ्ना दूतका रुपमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई खटाएका छन्। देउवाले जिम्मेवारी दिएलगत्तै कार्कीले पनि ओली र उनी निकट नेताहरुसँग भेटघाट थालेका छन्। मंगलबार साँझ ७ बजे एमाले अध्यक्ष ओलीसँग कार्कीले उनकै निवासमा भेटेर संसदमा एमालेले सकरात्मक भूमिका खेलिदिनुपर्याे भनेर आग्रह गरेका थिए। बजेटको प्रतिस्थापन विधेयक ल्याउन संसद बोलाउने तयारी गरिरहेको सरकारलाई एमालेले संसद अवरोध गर्छ कि भन्ने डर छ।

यस्तै अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने सन्दर्भमा पनि ओली र कार्कीबीच कुराकानी भएको र कार्कीले एमसीसी अघि बढाउन एमालेले साथ दिनुपर्ने बताएका थिए। जवाफमा ओलीले संसदमा विधेयक पारित गर्न पुग्ने संख्या गठबन्धनसितै भएको जवाफ दिएका थिए। ओलीलाई भेट्न जानुअघि कार्कीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटेका थिए।

भेटमा प्रमुख प्रतिपक्षी र सत्ता पक्ष बीचको सम्बन्धका बारेमा कुराकानी भएको नेता नेम्वाङले नेपालखबरलाई भने। ‘संसदका दुई पार्टीका बीचमा सदा सर्वदा एउटा तहको छलफल हुनुपर्छ, र सौहार्दपुर्ण सम्बन्ध हुनुपर्छ भन्ने मेरो पहिल्यैदेखिको कुरा हो,पहिले भेट समेत नभएको अबस्था थियो,’ नेम्वाङले भने,‘प्रमुख प्रतिपक्षीसंग सम्बन्ध सुधार्ने प्रयास उहाँहरुले थाल्नुभएको जस्तो देखिन्छ। त्यही भएर होला ज्ञानेन्द्रजीले पहिले मसँग भेट्नुभयो, त्यसपछि अध्यक्षसँग भेट्नुभयो।’

नेम्वाङले सत्तापक्षले छलफलको थालनी गरे तापनि त्यो अब कसरी अघि बढ्छ हेर्न भने बाँकी नै रहेको बताए।

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा सामान्य छलफलसमेत नगरेको भन्दै प्रतिपक्षी रुष्ट थियो।

त्यसअघि ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री भएपछि ओली र देउवाबीचको सम्बन्ध बिग्रिएको थियो।

त्यसपछि कांग्रेस नेताले देउवाका तर्फबाट ओलीलाई औपचारिक रुपमा पहिलोपटक भेटेको नेम्वाङले बताए। उसो त देउवा प्रतिपक्षी दलको नेता र ओली प्रधानमन्त्री हुँदा यी दुई नेताबीचको सम्बन्ध सुमधुर थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap