ओलीको आरोपः एमालेको कारवाही रोकेर सभामुख दाँत टाल्न जानुभयो


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
ओलीको आरोपः एमालेको कारवाही रोकेर सभामुख दाँत टाल्न जानुभयो

काठमाडौं  ९ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्न रोकेको भन्दै फेरि एकपटक सभामुख अग्नि सापकाटामाथि खनिएका छन् । एमालेले गरेको कारवाही ७ दिनसम्म रोकेर सभामुखले आफू नै न्यायालय बन्न खोजेको ओलीले आरोप लगाए ।

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा ओलीले पार्टीले कारवाही गरिसकेपछि सभामुखले त्यसलाई विचाराधीन राख्ने अधिकार नभएको बताए ।

ओलीले भने, ‘प्रचण्डले आदेश दिँदा टोपबहादुर रायमाझीजीहरुमाथि हतार–हतार कारवाही गरेको सुनाउनुभो । तर, एमालेले गरेको कारवाही गरेको नौ दिनसम्म कार्यान्वयन गर्नुभएको छैन । हिजो त उहाँ दाँत टाल्न जानुभएको थियो ।’ उनले अगाडि थपे, ‘उहाँको दाँत राम्रोसँग टालियोस्, शुभकामना छ, तर सातौं दिनसम्म उहाँले के गर्नुभयो ?’

ओलीले आफ्नो पार्टीमा विभाजन रोक्नका लागि १४ जनामाथि कारवाही गरिएको दावी गरे । ‘हामीले कारवाही गर्नुको उद्देश्य पार्टी फुट रोक्नु थियो,’ ओलीले भने, ‘१४ जनालाई निस्काशन गरेको भए उहाँहरुको संख्या पुग्दैनथ्यो र पार्टी फुट्दैन थियो । तर, एमाले फुटाउनकै लागि कारवाहीको सूचना नटाँसेर सभामुखले पक्षधरता देखाइरहनुभएको छ । उहाँ साझा व्यक्तित्व बन्न सक्नुभएन ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap