खेलाडी दीपक विष्टले चैतन्य सम्वादमा आफ्नो खेल जीवनको विगत सुनाए


लेखक : सुन्दराञ्चल      साउन १, २०८१ मा प्रकाशित     
खेलाडी दीपक विष्टले चैतन्य सम्वादमा आफ्नो खेल जीवनको विगत सुनाए

धनगढी साउन १, । धनगढीमा रहेको चैतन्य पाठशालामा ओलम्पियन तथा तेक्वान्दोका खेलाडी दीपक विष्टले आज मङ्गलबार धनगढीमा रहेको चैतन्य पाठशालाका विद्यार्थीलाई आफ्नो खेल जीवनको विगत वार्यमा विद्यार्थी लाई सुनाएका छन् ।

पाठशालाका विद्यार्थीलाई उत्प्रेरणा दिने उद्देश्यले आयोजित कार्यक्रममा उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँकै विद्यालयमा पढ्दा आफू भलिबल खेल्ने गरेको र पछि खेलकुदलाई निरन्तरता दिँदै जाँदा धनगढीमा तेक्वान्दोको सिकेर ओलम्पिकसम्मको यात्राको अनुभव सुनाए । विष्टले विद्यार्थीमाँझ भने, कक्षा ८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल बनाएर खेल्थे ।

सुदूरपश्चिम खेलाडी जन्माउने उर्बरभूमि भएको बताउँदै उनले खेलका विभिन्न विधामा सुदूरपश्चिमका खेलाडीले सुदूरपश्चिमको मात्र नभएर देशकै नाम राख्दै आएको बताए । स्कुलस्तरबाटै खेलाडी आउने गरेको ओलम्पियन विष्टको भनाइ छ ।

खेल प्रतिस्पर्धाका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिक्कै आवश्यक रहेको सबैका खेलकुद अपरिहार्य भएको उनले बताए ।

स्वस्थ्य व्यक्ति जुनसुकै क्षेत्रमा पनि सफल हुने भएकाले समय दिएर खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने ओलम्पियन विष्टले जोड दिए ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कीर्तिमानी चार स्वर्ण जितेको अनुभव सुनाउने क्रममा विद्यार्थीलाई भने आफूले एसियाली खेलकुदमा दुई काश्य जित्दाको अनुभव सुनाए ।

यसैगरी नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा जगत टमटाले आफूले भारतको महाराष्ट्रमा क्रिकेट सिकेर नेपालमा केही गर्नुपर्छ भनेर फर्केको अनुभव सुनाए । उति बेला नेपालमा क्रिकेटको कुनै थालनी नभएको बताउँदै पछिल्लो पटक क्रिकेटको सम्भावना बढ्दै गएको बताए ।

उनले खेलमा दृढ संकल्पका साथ लाग्ने हो भने कसैले पनि पछि पार्न नसक्ने बताए । आफू पढ्ने बेला स्कुलमा बोरा लगेर पढ्ने गरेको तर अहिले सुविधाजनक स्कुलमा विद्यार्थीले पढ्न पाउनुका साथै स्कुलमै खेलका गतिविधी भइरहेकोले विद्यार्थीलाई अवसरै अवसर रहेको उनले सुनाए ।

सो संवाद कार्यक्रममा विद्यार्थीहरुले विष्ट र टमटालाई थुप्रै प्रश्न सोधेका थिए । चैतन्य पाठशालाले बेलाबेलामा विभिन्न विधामा लागेर सफलता प्राप्त गरेका व्यक्तिलाई विद्यालयमा बोलाएर संवादका कार्यक्रम गर्दै आएको छ ।

 

May be an image of text

May be an image of 7 people and textMay be an image of 6 people and textMay be an image of 7 people, dais and text that says "a34O पाशाला Pathashala पाठशाला Once an Olympian, always an Olympian. Chaitanya Dialogue with पाठशाव Olympian mpianalterya aitaniya Pothasht Pathasi ala Special Guest) epak epakBista, Bista, OLY Taekwando पेतन्य पाठशाला Data. Sharwan 01, 2081 20 pm aitanya Pathasha Chaitanya Pathashal Jagat Tamata OET NatianalCr NhnenadCrkete Cricket CHAITANYA ISTITUTEOFMANAGEMEMI NISTITUTE OFMAI ANAGEMENI dnya Pathashala ganized By: anya Pathashale Dhangadhi-5, Kailali Phone:- 09 1-524847 चैतत पाठ चैतन्य पाठशाला शाला P परवय प्रकारान .સિ. बजी वानेश्वर काठमाड Pathas Chaitanya Pathashale"
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap