ओलम्पिक फुटबल : ब्राजिल समूह विजेता, जर्मनी बाहिरियो


लेखक : सुन्दराञ्चल      साउन १३, २०७८ मा प्रकाशित     
ओलम्पिक फुटबल : ब्राजिल समूह विजेता, जर्मनी बाहिरियो

१३ साउन, काठमाडौं । साविक विजेता ब्राजिल जापानमा भइरहेको टोकियो ओलम्पिकको पुरुष फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण जितेको थियो ।

त्यतिबेला रजत जितेको जर्मनी भने यस पटक समूह चरणबाटै बाहिरिएको छ ।

समूह डी अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै ब्राजिल समूह विजेता बनेको हो । साइतामा रंगशालामा भएको खेलमा ब्राजिलका लागि रिचार्लिसनले दुई तथा माथेउस कुन्हाले एक गोल गरे । साउदीका लागि अबदुलेलाह अल अमरिले एक गोल गरे ।

समूहमा ब्राजिल अपराजित रहँदै ७ अंक जोड्यो । साउदी भने समूह चरणबाटै बाहिरिएको छ ।

यसै समूहको अर्को खेलमा आईभरीकोष्टसँग १–१ गोलको बराबरी खेलेपछि जर्मनी बाहिरियो । आइभरीकोष्ट ५ अंक जोड्दै समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । जर्मनी ४ अंकसहित समूहमा तेस्रो भयो ।

मियागी रंगशालामा भएको खेलमा जर्मनीका बेन्जामिन हेन्रिक्सले आत्मघाती गोल गर्दा आइभरीकोष्टले अग्रता बनाएको थियो । एडुवार्ड लोएवेनले जर्मनीका लागि बराबरी गोल फर्काएका थिए ।

यस्तै समूह बी बाट दक्षिण कोरिया र न्युजिल्याण्ड क्रमशः समूह विजेता र समूह उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

कोरियाले होन्डुरोसलाई ६-० ले हरायो । कोरियाका लागि उई जो ह्वाङले ह्याट्रिक गरे । न्युजिल्याण्ड र रोमानियाले गोलरहित बराबरी खेलेका थिए । न्युजिल्याण्ड ओलम्पिकमा पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap