ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      पुस २२, २०७८ मा प्रकाशित     
ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु

भारत पुस २२ भारतमा पहिलो पटक ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाको ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा राजस्थानको उदयपुरका संक्रमित एक वृद्ध रहेका छन् ।

उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या रहेको बताइएको छ । भारतमा अहिले कोरोनाका ओमिक्रोनका संक्रमितहरु बढ्दै गैरहेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap