ऐतिहासिक अवसरबाट चुक्यो इरान


लेखक : सुन्दराञ्चल      मंसिर १४, २०७९ मा प्रकाशित     
ऐतिहासिक अवसरबाट चुक्यो इरान

१४ मंसिर, काठमाडाैं । क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा अमेरिकाले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी बाट उपविजेता बनेको अमेरिकाले अन्तिम १६ मा समूह ए को विजेता नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ ।

खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गरी गोललाइनबाट गोल गरेका थिए । यस प्रक्रियामा उनी इरानका गोलरक्षक अलिरेजा बेरन्बन्दसँग जुध्न पुग्दा धेरै समयसम्म मैदानमै उपाचार गर्नुपरेको थियो । उनलाई पहिलो हाफपछि सब्सिट्युट गरिएको थियो ।

यो यस्तो खेल थियो जहाँ दुवै टिमका लागि नकआउट चरण प्रवेशको अवसर थियो । अन्तिम १६ मा पुग्न इरानका लागि बराबरी नै काफी थियो । तर, खेल अबधिभर उनीहरुले एकपल्ट मात्र अमेरिकाको पोष्टमा आक्रमण गर्न सके ।

दोस्रो हाफमा सुधारिए पनि इरानले गोल गर्न सकेन । खेलको इन्जुरी समयमा इरानले सबैभन्दा राम्रो अवसर पाएको थियो । मुर्तजा पौरालिगान्जीको फ्रिकक प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

अन्तिममा इरानलाई निराश बनाउँदै अमेरिका विश्वकपमा नकआउट चरणमा पुग्यो । अमेरिकाले चौथोपल्ट विश्वकप खेलेकोमा तेस्रोपल्ट नकआउट चरणमा पुगेको हो ।

सन् १९७८ यता छैटौंपल्ट विश्वकप खेलेको इरान अहिलेसम्म पहिलो चरणबाट माथि उठ्न सकेको छैन । यसपल्ट उनीहरुका लागि सबैभन्दा सहज र ठूलो अवसर थियो । किनभने समूहचरणको खेलमा इरान इंग्ल्याण्डसँग हारे पनि वेल्सलाई २(० गोलले हराएको थियो । अन्तिम खेलमा बराबरीकै नतिजा उसका लागि पर्याप्त थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap