एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रवर्द्धकमा जोडियो धनगढी –१८


लेखक : सुन्दराञ्चल      फाल्गुन २८, २०८१ मा प्रकाशित     
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रवर्द्धकमा जोडियो धनगढी –१८

धनगढी – ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ले साथ दिएको छ । उक्त वडाले अवार्डलाई प्रवर्द्धकका रुपमा साथ दिएको हो । प्रवर्द्धक सम्बन्धी सम्झौतामा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरे ।

सम्झौतापछि वडाध्यक्ष रिजालले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताए । यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धक र धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९ र १३ ले प्रवर्द्धकका रुपमा साथ दिन सम्झौता गरिसकेका छन् । यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए रहेको छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap