एसईई को तालिका सार्वजनिक


लेखक : सुन्दराञ्चल      माघ २७, २०७८ मा प्रकाशित     
एसईई को तालिका सार्वजनिक

काठमाडौं माघ २७ ः २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई को तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

हेर्नुहोस् परीक्षा तालिका

 

 

 

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap