काठमाण्डौ पुष १२, माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको छ ।
यस वर्षको एसईई चैत ७ गतेदेखि हुने र नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गर्नेगरी यसअघि नै कार्यतालिका सार्वजनिक भइसकेको छ ।