एयरको पुरानो जहाजलाई म्युजियममा परिणत


लेखक : सुन्दराञ्चल      माघ २, २०७८ मा प्रकाशित     
एयरको पुरानो जहाजलाई म्युजियममा परिणत

नेपालगन्ज माघ  २  नेपालगन्जमा पहिलो पटक उड्डयन संग्रहालय (एभियसन म्युजियम) सञ्चालनमा आएको छ। विद्यार्थीलाई हवाईसम्बन्धी विविध जानकारी दिन र आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले यो म्युजियम स्थापना गरिएको हो।

कस्मिक एयरको पुरानो जहाजलाई म्युजियममा परिणत गरिएको छ। उक्त जहाजभित्र २ सय ५० भन्दा बढी मोडेलका साना जहाज पनि प्रर्दशनीका लागि राखिएको छ। म्युजियम शनिबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो।

म्युजियमका परिकल्पनाकार एवं सञ्चालक क्याप्टेन वेद उप्रेतीले एक करोड ८० लाख रूपैयाँ लागतमा म्युजियम स्थापना गरिएको जानकारी दिए। ‘यो एकदमै नयाँ अवधारणा हो, विद्यार्थीलाई मोटिभेसन गर्नु हो, यो देखेपछि विद्यार्थीलाई भित्रैबाट पढ्ने जाँगर चल्ने, एउटा सपना बोकेर विद्यार्थी यहाँबाट फर्किन्छन् र अरू व्यक्तिका लागि यो पर्यटकीय स्थल हो, यहाँ आएर धेरै कुरा थाहा पाउन सकिन्छ,’ उप्रेतीले भने। यसअघि उक्त म्युजियम सुदूर पश्चिमको धनगढीमा सञ्चालनमा रहेको थियो।

नेपालगन्ज  उपमहानगरले जग्गा उपलब्ध गराएर म्युजियम स्थापना गर्न पहल थालेपछि यहाँ ल्याइएको उप्रतीले जानकारी दिए। म्युजियमभित्र पश्चिम नेपाल र एभरेस्ट क्षेत्रका ३० वटा उत्कृष्ट तस्बिर पनि राखिएको उनले बताए। उप्रेतीले भने, ‘यो एजुकेसनल सेन्टर हो, विद्यार्थीले जहाजको विषयमा हरेक जानकारी लिन पाउँछन्, पाइलटको पोसाक लगाएर ककपिटमा र एयर होस्टेजको पोसाक लगाएर फोटो पनि खिच्न सक्छन् ।’ म्युजियम परिसरलाई पनि सजावट गर्ने काम चलिरहेको छ।

‘वेद उप्रेती ट्रस्ट’ ले ४ सय ४० जना अट्ने क्षमताको काठमाडौंस्थित सिनामंगल र सुदुरपश्चिमको महेन्द्रनगरमा पनि एभियसन म्युजियम सञ्चालन गरिरहेको जनाएको छ। धनगढीमै फरक खालको म्युजियम निकट भविष्यमा स्थापना गर्ने योजना रहेको पनि उनले सुनाए।

एभियसन म्युजियम सञ्चालन गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका र ट्रस्टबीच १० वर्षको सम्झौता भएको छ। नेपालगन्ज १२ बेलासपुरस्थित उपमहानगरको करिब ६ कट्ठा जमिनमा उक्त म्युजियम स्थापना गरिएको छ। ट्रस्टले म्युजियम सञ्चालन गरेबापत उपमहानगरपालिकालाई केही रकमसमेत दिने सम्झौता भएको उप्रेतीले बताए।

नेपालगन्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको विकासमा जोड दिइरहेका बेला र बालमैत्री वडा बनाउन लागिरहेका बेला यो म्युजियम सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धनका साथै बालबालिकामा थप टेवा पुग्ने विश्वास गरेका छन्। ‘पढ्ने उमेरका बच्चालाई जहाजको विषयमा धेरै नै कौतुहलता जागेको हुन्छ, त्यसकारण बच्चाले प्रत्यक्ष हेरेर बुझ्न पाउँछन्,’ सुवेदीले भने। नागरिक

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap