धनगढी, १५ भाद्र । कैलाली क्षेत्र नम्बर ४ की एमाले सांसद चुनुकुमारी चौधरी नेकपा (एकीकृत समाजवादी) रोजेकी छन । सुदूरपश्चिम प्रदेश सरकार की राज्यमन्त्री समेत रहेकी चौधरी आज निर्बाचन आयोग नै पुगेर समाजबादी को पक्षमा सनाखत गरेकी हुन । उनी एमालेको तर्फबाट क्षेत्र नम्बर ४ बाट समानुपातिक सांसद बनेकी थीइन । उनी संगै एमालेक १० जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । एमाले बाटै प्रत्यक्ष जितेका यस क्षेत्रका सांसद कृष्णराज सुबेदीले भने एमाले मै बस्ने निर्णय गरेका छन ।