एमाले समाजवादी पार्टी बिहीबार मात्रै दर्ता गरिने, जुध्यो चुनाव चिन्ह


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
एमाले समाजवादी पार्टी बिहीबार मात्रै दर्ता गरिने, जुध्यो चुनाव चिन्ह

काठमाडौँ २ भाद्र । माधवकुमार नेपाल समूहले अन्तत: नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पठाएको छ । आयोगले भने कानूनी प्रावधान हेरेर बिहीबार मात्रै दर्ता गर्ने जनाएको नेपाल निकट नेता जीवनराम श्रेष्ठले अन्नपूर्णलाई बताए । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अन्नपूर्णलाई भनेका छन् ‘उहाँहरुको निवेदन आएको छ । कानूनी प्रावधान हेरेर आयोगले दर्ता गर्ने वा नगर्ने निर्णय गर्नेछ ।’

माधव निकट नेता मेटमणि चौधरीका अनुसार विभाजित पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । साथै चुनाव चिन्ह खुला किताब राखिएको छ । नेपाल समूहकै रुपमा चिनिएका कतिपय नेताहरु भने नयाँ दल बनाउने सन्दर्भमा अझै खुलेका छैनन् । भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत दोस्रो तहका नेताहरुले हाल कतै नलाग्ने बताएका छन् ।

तर आयोगका अनुसार माधव पक्षको पार्टीको चुनाव चिन्ह खुला किताब नेपाल उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्हसँग मिलेको छ । चुनाव चिन्ह जुधेकै कारण प्राविधिक समस्या आएको आयोगका एक कर्मचारीले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap