एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगे माधव नेपाल समूहका नेताहरु


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगे माधव नेपाल समूहका नेताहरु

२ भदौ, काठमाडौं । नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका थिए । त्यस अनसार यो समूहका नेताहरु आयोग पुगेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap