एमाले सदूरपश्चिमको इन्चार्ज मै हुँ, भीम रावलसँग मतभेद छैन : लेखराज भट्ट


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
एमाले सदूरपश्चिमको इन्चार्ज मै हुँ, भीम रावलसँग मतभेद छैन : लेखराज भट्ट

९ भदौ, धनगढी । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् ।

‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा एमाले हो भन्‍नुभएको छ,’ प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले भने, ‘सुदूरपश्चिमको इन्चार्ज कमरेड लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावल कमरेडले सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेकाले सोही अनुसार हामी अघि बढेका छौँ ।’

नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुनै खालको मतभेद नरहेको दावी गरेका छन् । ‘रावल कमरेडले पार्टीभित्र आफ्नो मत राख्नुलाई स्वभाविक मान्नुपर्छ । अहिले कार्य विभाजनको प्रश्न हो । उहाँ(रावल) र मेरोबीचमा मतभेद अथवा भिन्न मत छैन, ’ उनले भने, ‘सदभावपूर्ण व्यवहार र एकअर्कालाई बुझेरसँगै सहकार्य गरेर जाने हो ।’

एमाले सदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले विवाद नभएको जिकिर गरेका हुन् ।

फरक प्रसँगमा बोल्दै भट्टले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भएको उल्लेख गरेका छन् ।

एमालेले पार्टीका १४ जना सांसदलाई गरेको कारवाही अगाडि नबढाएर सभामुखले प्रचण्डको कार्यकर्ताका रूपमा काम गरेको आरोप लगाउँदै माफी नमाग्दासम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएका छन् ।

आफू उद्योग वाणिज्य तथा आपर्ति मन्त्री भएका बेला कञ्चनपरको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको प्रक्रियागत काम अघि बढाएको बताउँदै उनले अहिले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन निर्माण भइरहेको जनाए ।

सुख्खा बन्दरगाह सुदूरपश्चिम मात्र नभएर मलककै आर्थिक समृद्धिसँग जोडिएकाले निर्माण कार्यमा राजनीति गर्न नहुने मत उनको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap