धनगढी २२ भाद्र । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहराले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।
सोमबार एक बिज्ञप्ति जारी गर्दै बोहराले विगतमा पनि फुटको पीडा रहेको हुँदा फुटलाई प्रशय नदिन र नलाग्न आग्रह गरेका छन् । कसैको लागि पनि फुट र विभाजन कदापि राम्रो हुँदैन विज्ञप्तिमा भनिएको छ, सूर्य झैँ अटल रहन अनुरोध गर्दछु । विज्ञप्तिमा दल विभाजन अध्यादेशको समेत विरोध गरिएको छ । दल विभाजन अध्यादेश ल्याएर सरकारले अराजकता निम्त्याएको आरोप छ ।