एमालेमा विधान संशोधन प्रस्ताव : अध्यक्ष मात्र निर्वाचित, स्थायी कमिटी खारेज


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
एमालेमा विधान संशोधन प्रस्ताव : अध्यक्ष मात्र निर्वाचित, स्थायी कमिटी खारेज

२५ साउन, काठमाडौं । नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव अघि सारेको छ । जसमा १३ पदाधिकारी रहनेछन् भने स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी हुनेछ ।

सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय समेत गरेको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने उल्लेख छ । उनीहरुमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ ।

हाल अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ र सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।

यस्तै स्थायी कमिटी खारेज गर्ने, पोलिटब्यूरो र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख छ । प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष सचिव र दुई सहसचिव रहनेछन् । सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चुनिनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
Copy link
Powered by Social Snap