एमालेका २४ प्रदेश सांसदकाे कता


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
एमालेका २४ प्रदेश सांसदकाे कता

धनगढी १३ भाद्र । एमाले विभाजनपछि सुदूरपश्चिमका प्रदेश सांसद कित्ता क्लियर गर्न थालेका छन्। प्रदेश सभामा रहेका एमालेका सभामुखबाहेक २४ सांसदमध्ये अधिकांश नेकपा एकीकृत समाजवादीको पक्षमा देखिएका छन्। प्रदेश सभामा विगतमा १७ जना नेपाल र सातजना केपी ओली पक्षमा थिए।

विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १४ जना नेपालले खोलेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना बलियो देखिएको छ। हालसम्म आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्वमन्त्री माया भट्ट एकीकृत समाजवादीमा लागिसकेका छन् । उनीहरू दुवै जना केन्द्रीय सदस्यसमेत भइसकेका छन् ।

विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १४ जना नेपालले खोलेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना बलियो देखिएको छ। हालसम्म आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्वमन्त्री माया भट्ट एकीकृत समाजवादीमा लागिसकेका छन्। उनीहरू दुवै जना केन्द्रीय सदस्यसमेत भइसकेका छन्।

यस्तै सामाजिक विकासमन्त्री लालबहादुर खड्काले पनि नयाँ पार्टीमा रहेको बताएका छन् भने संसदीय दलका प्रमुख सचेतक दुर्गा कामीले पनि एकिकृत समाजवादीमा गएको बताएकी छिन्। संसदीय दलका पूर्व प्रमुख सचेतक तारा लामा तामाङले पनि आफू एकिकृत समाजवादीमा लाग्ने सम्भावना बढी रहेको र विगतमा माधव समूहमा रहेका १७ जना सांसद नै एकै ठाउँमा रहेको दाबी गर्दै आएका छन्।

पूर्वमन्त्री कृष्णराज सुवेदी, सांसद बलबहादुर सोडारी, सुशीला बुढाथोकी, कुलवीर चौधरी लगायतका सांसदले नयाँ पार्टीमा जाने संकेत गरेका छन्। यद्यपि उनीहरूले छलफलमै रहेकाले निर्णयमा पुगिनसकेको बताएका छन्।

विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन् भने हाल संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले पनि एमालेमै रहने संकेत गरेका छन्। शाह, रावल र कुँवर विगतमा माधव समूहमा थिए। एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनले पनि माधवको साध छाडेको चर्चा छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap