एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट गृहनगर कैलाली पुगे


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट गृहनगर कैलाली पुगे

धनगढी, २८ भाद्र । नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट गृहनगर कैलाली पुगेका छन । एमाले जेठ २ मा फर्किएपछि पनि पार्टीले उनलाई नै इन्चार्जको जिम्मेवारी दिएको छ । इन्चार्जको जिम्मेवारी पाएपछि उनी पहिलो पटक यँहा आएका हुन ।

उनलाई गेटा बिमानस्थलमा नेता कार्यकर्ताले स्वागत गरेका छन । उनी केही दिन पार्टीको काममा यँहा रहने बुझिएको छ । भट्टलाई इन्चार्जको जिम्मेवारी दिएपछि एमाले उपाध्यक्ष भिम रावल असन्तुष्ट रहेको बुझेको छ । रावल पनि केही दिनमा यँहा आउने बुझिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap