एमसीसी रोक्न चीनको दौडधुप, राजदूत यान्छी पुगिन् उपेन्द्र यादवलाई भेट्न


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
एमसीसी रोक्न चीनको दौडधुप, राजदूत यान्छी पुगिन् उपेन्द्र यादवलाई भेट्न

काठमाडौं, २६ साउन । अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट संसदबाट पारित गर्ने भनिएपछि नेपालका लागि चिनिया राजदूत होउ यान्छीको सक्रियता बढेको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै राजदूत यान्छीले सक्रियता बढाएर नेताहरुमाथि एमसीसी पारित नगर्न दबाब सृजना गरिरहेकी छन् ।

गत आइतबार प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँडसँग भेटवार्ता गरेकी राजदूत यान्छीले मंगलबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेकी छन् ।

हात्तीबनको एक अपार्टमेन्टमा बस्दै आएका अध्यक्ष यादवलाई भेट्न मंगलबार राजदूत यान्छी पुगेकी हुन् ।

एमसीसीलाई संसदबाट पारित हुन नदिन र चीनको बिआरआईलाई आगाडी बढाउन उनको सक्रियता बढेको टिप्पणी भइरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
Copy link
Powered by Social Snap