एमसीसी रोक्न चीनको दौडधुप, राजदूत यान्छी पुगिन् उपेन्द्र यादवलाई भेट्न


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
एमसीसी रोक्न चीनको दौडधुप, राजदूत यान्छी पुगिन् उपेन्द्र यादवलाई भेट्न

काठमाडौं, २६ साउन । अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट संसदबाट पारित गर्ने भनिएपछि नेपालका लागि चिनिया राजदूत होउ यान्छीको सक्रियता बढेको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै राजदूत यान्छीले सक्रियता बढाएर नेताहरुमाथि एमसीसी पारित नगर्न दबाब सृजना गरिरहेकी छन् ।

गत आइतबार प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँडसँग भेटवार्ता गरेकी राजदूत यान्छीले मंगलबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेकी छन् ।

हात्तीबनको एक अपार्टमेन्टमा बस्दै आएका अध्यक्ष यादवलाई भेट्न मंगलबार राजदूत यान्छी पुगेकी हुन् ।

एमसीसीलाई संसदबाट पारित हुन नदिन र चीनको बिआरआईलाई आगाडी बढाउन उनको सक्रियता बढेको टिप्पणी भइरहेको छ ।

Copy link
Powered by Social Snap