एमसीसी पारित गर्नु जनताका लागि विष सरह हुन्छ : सांसद सुवाल


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
एमसीसी पारित गर्नु जनताका लागि विष सरह हुन्छ : सांसद सुवाल

२५ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि विष सरह हुने टिप्पणी गरेका छन् । विश्वलाई नै दुःख दिने नियतका साथ आएको एमसीसी सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई उनले आग्रह गरे ।

नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन् । यो विषयमा संघीय संसदका सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन । बुढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन् । हामी उनीहरुका कुरामा फस्नु हुन्न ।’

उनले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना गरे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap