एमसीसीको बहसमा राजेश र करिश्माको यस्तो तर्क


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
एमसीसीको बहसमा राजेश र करिश्माको यस्तो तर्क

एमसिसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन)को बहसमा सिंगै नेपाल प्रवेश गरेको छ । अमेरिकाले दिन लागेको यो अनुदान लिन हुन्छ या हुँदैन भन्ने बिषयमा नेपालीहरुको आ आफ्नै धारणा छ । यो विषयमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि आफ्ना धारणा सामाजिक संजालबाट दिने कोशिश गरेका छन् ।

नायक हमालले एक भिडियो सार्वजनिक गर्दै जनता यसको विरुद्धमा छन् भने यो लागू गर्न नहुने तर्क पेश गरेका छन् । तर, हमालले स्पष्ट रुपमा एमसिसी के कारणले लिन हुन्छ र के कारणले लिन हुँदैन भन्ने प्रष्ट पारेका छैनन् ।

हमालले सार्वजनिक गरेको भिडियोमा उनले अमेरिकाको बिषयमा बढी कुरा गरेको देख्न सकिन्छ । उनले, अमेरिकाको बिग्रदो छविका कारण पनि एमसिसीको बिषयमा आशंका पैदा भएको उल्लेख गरेका छन् ।

नायक राजेश हमालपछि उनकै समकालिन नायिका करिश्मा मानन्धरले पनि एमसिसीको विरोध गरेकी छिन् । करिश्माले एमसिसीको विरुद्धमा यूवाहरुले निकालेको जुलुसको एक भिडियो शेयर गर्दै लेखेकी छिन्–‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्व भित्राउनु ठिक होला त ? अगुवाई गर्नेहरुको विगतका निर्णयका परिणमहरुले गर्दा नै जनतामा यो अविश्वास उब्जिएको त होला नी ?’

उनले, जनतालाई ठोकुवा गरेर यो बिषयमा वुझाउन पनि आग्रह गरेकी छिन् । उनले भनेकी छिन्–‘त्यसैले त अगुवा बनाएको हो तपाइहरुलाई । जनताकै विरोधमा गएर कसरी अगुवाई गर्ने ?’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap