एनभीए क्लब भलिबल च्याम्पियनसिप आजदेखि


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
एनभीए क्लब भलिबल च्याम्पियनसिप आजदेखि

१० असोज, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।

च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेल हुनेछ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा समूह सी मा रहेको विभागीय टिम त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो दिनै एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लब, बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब तथा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच हुनेछ ।

महिलातर्फको खेल भने मंगलबारदेखि सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । पुरुषतर्फ ४ र महिलातर्फ दुई समूहमा विधाजन गरिएको छ ।

विजेताले ४ लाख र उपविजेताले २ लाख पाउने छन् । यस्तै तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछ ।

च्याम्पियनसिपको पुरुषतर्फ उत्कृष्ट ७ र महिलातर्फ उत्कृष्ट ५ टोलीले चैतमा आयोजना हुने एनभीए क्लब लिगमा स्थान बनाउने छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap