एनआई सी एशिया बैंकद्वारा रतिरामको परिवारलाई दुर्घटना बीमा वापतको रकम हस्तान्तरण


लेखक : सुन्दराञ्चल      जेष्ठ २८, २०८१ मा प्रकाशित     
एनआई सी एशिया बैंकद्वारा  रतिरामको परिवारलाई दुर्घटना बीमा वापतको रकम हस्तान्तरण

धनगढी जेठ २८,धनगढीमा रहेको एन आई सी एशिया बैंकले दुर्घटना बिमा वाफतको रकम भुक्तानी गरेको छ । बैकंको सर्वश्रेष्ठ पेरोल बचत खाता योजना अन्तर्गत कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ घर भएका रतिराम चौधरीको परिवारलाई १० लाख रकम भुक्तानी गरेकोे हो । दुर्घटनामा परी मृत्यु भएका रतिरामको परिवारलाई बैकंले सो रकम हस्तान्तरण गरेको हो ।
जोशीपुर शाखा कार्यालयमा नेपाल विद्युत प्राधिकरण अन्तर्गत सर्वश्रेष्ठ पेरोल बचत खाता खोलेका चौधरीको दुर्घटना पश्चात बिमा वाफतको रकम उनकी श्रीमती फुलकुमारी चौधरीलाई सो रकम हस्तान्तरण गरिएको हो । एक कार्यक्रमका बिच एन आई सी एशिया बैकं सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख जिवन शाहीले दुर्घटना बिमा वाफत १० लाख रुपयाँको चेक फुलकुमारीलाई हस्तान्तरण गरेका हुन् ।
आईजी आई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उक्त बीमा वापतको रकम उपलब्ध गराइएको बैकंले जनाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआई सी एशिया बैंकले मुलुक भर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवादिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हाल सम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू। २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको बैकंले जनाएको छ ।
बैकंले गत आर्थिक वर्षमा रू।३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाइसकेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap