एथलेटिक्स कुस्ती र बुद्धिचालका खेलाडी छनोट


लेखक : सुन्दराञ्चल      फाल्गुन १, २०८१ मा प्रकाशित     
एथलेटिक्स कुस्ती र बुद्धिचालका खेलाडी छनोट

धनगढी फागुन १,  दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा एथलेटिक्स कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरु छनोट भएका छन ।सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा भईरहेको छनोट प्रतियोगितामा दुई दिनसम्म सञ्चालन भएका प्रतियोगिता अन्तर्गत एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरु छनोट भएका हुन् । यसअघि नै जुडो र भारात्तोलन खेलका खेलाडीहरु छनोट भईसकेका छन् ।

तीन वटै खेलहरुबाट दशौं राष्ट्रिय खेलकुदका लागि पुरुष र महिला खेलाडी छनोट भएका छन् ।
एथलटिक्समा पुरुष तर्फ ५ हजार मिटर दौड, १५०० मिटर दौड र ४०० मिटर दौड तर्फ ९ जना खेलाडी छनोट भएका छन् । यस्तै ज्याभलिङ थ्रो, हाई जम्प र लङ जम्पमा पनि ९ जना खेलाडी छनोट भएका छन् ।

कुस्ती पुरुष तर्फ पनि विभिन्न तौल समुहमा ९ जना खेलाडी छनोट भएका छन् । ५७ किलो तौल समुहदेखि एक सय २५ किलो तौल समुहमा खेलाडीहरु छानिएका हुन् । छनोट भएका खेलाडीहरुमा सबैभन्दा बढी ६ जना कञ्चनपुरका रहेका छन् भने २ जना कैलाली र एक जना दार्चुलाका रहेका छन् ।
कुस्ती महिला तर्फ पनि १० जना खेलाडी छनोट भएका छन् । ५० किलो तौल समुहदेखि ७६ किलो तौल समुहका खेलाडीहरु छानिएका हुन् । त्यसमा ८ जना खेलाडी कञ्चनपुरका रहेका छन् भने एक एक जना दार्चुला र डडेल्धुराका रहेका छन् ।
बुद्धिचालमा पनि महिला र पुरुष गरी १० जना खेलाडी छनोट भएका छन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । ४५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका २ हजार ८०० खेलाडी सहभागी हुँदैछन् ।सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ।

त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भईरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए।
छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा भईरहेका छन्।कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसु लगायत खेलहरु भईरहेछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap