एक वर्षमा १ सय ६० महिला हिंसाका घटना


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
एक वर्षमा १ सय ६० महिला हिंसाका घटना

बैतडी १० भाद्र । बैतडीमा एक वर्षको अवधिमा १ सय ६० वटा हिंसाका घटना भएका छन्। गत आर्थिक वर्षमा महिला हिंसासँग सम्बन्धित १ सय ६० उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।

अधिकांश महिला हिंसाका घटना मदिरा सेवनकै कारण हुने गरेको प्रहरीको तथ्यांक छ। धेरै हिंसाका घटना बाहिर आउँदैनन। जिल्लामा महिला हिंसाका घटना धेरै हुने गरे पनि उजुरी नआउने गरेको  प्रहरी प्रवक्ता ओझाले जानकारी दिए।

बढीजसो मदिरा सेवनका कारण हुने गरेको ओझाले बताए। प्रहरीमा आउने उजुरीमा मात्रै नभएर स्थानीय तहमा रहेका न्यायिक समितिमा पनि मदिराकै कारणले हिंसामा परेका भन्ने उजुरीहरु आउने गरेको स्थानीय तहले बताएका छन्।

गाउँघरमा छ्याप्पछ्याप्पी मदिरा बेचबिखन बढ्दै गएपछि हिंसा, कलह, र अपराधिक क्रियाकलाप समेत बढदै गएको स्थानीय बताउँछन्। हिंसाका घट्ना बर्सेनि बढन थालेपछि महिला र बालबालिका समस्यामा पर्न थालेका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap